logo

  • २०८३ बैशाख १६ | Wed, 29 Apr 2026
  • चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न आदेश

    चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न आदेश

    काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश जारी गरेको छ ।

    उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।

    वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी थिइन् । चलचित्रका केही शब्दहरूमा आपत्ति जनाउँदै नेपालीले रिट दायर गरेकी थिइन् ।

    षट्कोण आर्टसले निर्माण गरेको फिल्म वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ । फिल्म १८ बैशाखदेखि प्रदर्शनमा आउने तयारी थियो ।



    cinekala cinekala    
  • २०८३ बैशाख १५, मंगलवार ०९:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP