काठमाण्डौ सीनेकला- २७ गतेबाट सोलो रिलिजमा आउन लागेको चलचित्र ‘राम नाम सत्य’को सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलर आज सार्वजनिक गरिएको छ । माइकल चन्दको कथा, पटकथा र लेखन रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा विराज भट्टको दमदार एक्सन र संवाद छ । यस्तै, नायक सुशील श्रेष्ठ र नायिका दिव्या रायमाझीको प्रेम, विराज र सुशीलविचको एक्सन ट्रेलरमा समावेश छ ।
चलचित्रमा नव–नायक आयुष सिंह ठकुरीको भूमिका विशेष देखिएको छ । उनको सस्पेन्स भूमिका दर्शकका लागि उत्सुकता जगाउने खालको छ ।
नव–नायिका खुशी कार्कीले नायक भट्टसँग नृत्य गरेको ‘हुम्लाको सिमी’ बोलको गीत चर्चामा छ । चलचित्रमा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दिपक कोइराला, विनुता विमली, सरोज शाह लगायतका कलाकारहरुको अभिनय छ । यस्तै, चलचित्रमा आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट बाल–कलाकारको रुपमा छन् ।
माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ ।
चलचित्रमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको संगीत छ । मानकृष्ण महर्जनको डीओपी रहेको चलचित्रमा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याक ग्राउन्ड म्यूजिक छ । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको चलचित्रमा शेर बहादुर लामाको छायांकन छ । यो ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । सुनिल राई आर्ट निर्देशक रहेको चलचित्रमा नविन जंग शाही, विशाल विमली र पूजन लामिछाने कास्टिङ डिरेक्टरको रुपमा छन् । अभिमन्यू निरवी र समय थपलिया चलचित्रका स्क्रिप्ट कन्सलट्यान्ट हुन् ।
प्रतिक्रिया