logo

  • २०८२ चैत्र २४ | Tue, 07 Apr 2026
  • नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने

    नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने

    २० चैत, काठमाडौं । नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ ।

    सत्तापक्षसँग संसद्‍मा सुविधाजनक अंक रहेको र सभामुख साझा व्यक्ति पनि भएको हुँदा सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

    ‘संसद् मर्यादित र निष्पक्ष ढंगले चलाउने दायीत्व सभामुखमा रहेको हुँदा संसद्को गरिमा थप बढ्ने अपेक्षा सहित उम्मेदवारी नदिने निर्णय गरेका हौं,’ उनले भने ।

    नेकपा एमालेले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेको छैन ।

    एमालेका सांसद गुरुप्रसाद बरालले आफूहरू छलफलमा रहेको बताए ।

    ‘हामी सचिवालय बैठक बस्दैछौं । उक्त बैठकपछि यो विषयमा एउटा निर्णयमा पुग्छौं,’ उनले भने ।

    सभामुख पदमा रास्वपाका छलफलबाट डोलप्रसाद अर्यालको उम्मेदवारी परिसकेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा एक्लैको १८२ सिट रहेको छ । रास्वपाको सुविधाजनक बहुमत भएकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित छ । श्रोत अनलाईन खबर



    cinekala cinekala    
  • २०८२ चैत्र २०, शुक्रबार ०६:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP