Media
काठमाडौँ — नेपाली रेस्लर भगवती खड्का पक्राउ परेकी छन् ।
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा खड्का पक्राउ परेकी हुन् । रामेछाप मन्थली नगरपालिका-१२ स्थायी बसोबास भई हाल काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्ने ३५ वर्षीया खड्कालाई सोमबार पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
खड्कालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको पनि उनले बताए ।
प्रतिक्रिया